Rule 6
जिल्ला समितिको गठन
(१) ऐनको दफा २३ बमोजिमको जिल्ला समितिमा देहायका अध्यक्ष र सदस्य रहनेछन् :—
(क) प्रमुख जिल्ला अधिकारी अध्यक्ष
(ख) जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकील कार्यालय सदस्य
(ग) जिल्ला प्रहरी कार्यालयको प्रमुख सदस्य
(घ) मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा जिल्लामा कार्यरत व्यक्ति वा संस्थाहरुमध्येबाट समावेशी सिद्धान्तका आधारमा प्रमुख जिल्ला अधिकारीद्वारा मनोनीत तीन जना महिला सदस्य
(ङ) प्रतिनिधि, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य
(च) महिला विकास अधिकृत सदस्य–सचिव
(२) जिल्ला समितिमा जिल्ला विकास समितिको सभापति आमन्त्रित सदस्यको रुपमा रहनेछ ।